गुवाहाटी: असम माध्यमिक शिक्षा बोर्ड (सेबा) ले यो वर्षको म्याट्रिक परीक्षाको पूर्व घोषित तिथिहरूमा परिवर्तन गरेको छ। छुट्टीको दिन म्याट्रिकको परीक्षाको तिथिहरूलाई लिएर शिक्षा तथा छात्रहरूद्वारा गरिएको आपत्तिपछि कार्यक्रममा परिवर्तन गरिएको हो।
सेबाले कार्यक्रम अनुसार, २०, २६ र २७ फरवरीमा हुने कार्यक्रममा परिवर्तन गरेको छ। २० फरवरीमा निर्धारित सामाजिक विज्ञानको परीक्षा अब १९ फरवरीमा आयोजित हुनेछ। २६ फरवरीमा हुने विज्ञानको परीक्षा २७ फरवरीमा आयोजित गरिने छ।
यस अतिरिक्त, 2२७ फरवरीको वैकल्पिक विषयको परीक्षा बिहान ९ बजीको साटो १:३० बजीदेखि आयोजित गरिने छ।









