सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

IMG-20230528-WA0320-5-300x172-3

काल्चिनी: अलिपुरद्वार जिल्लाको काल्चिनी ब्लकको मधु क्षेत्रमा सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक किशोर घाइते भएका छन्। मधु चिया बगानका मजदुर भगवान दास र उनका १४ वर्षीय भतिजा मंगलबार राति गोदमदडी गएर त्यहाँबाट मोटरसाइकलमा फर्कदै थिए। फर्कने क्रममा मधुवनमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको थियो। जसका कारण मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो। स्थानीयले दुवैलाई उद्दार गरी लताबादी अस्पताल पुर्याएकामा भगवान दासको पनि मृत्यु भएको थियो। अर्कोतर्फ, घाइते किशोरको अवस्था गम्भीर भएकाले उनलाई अलीपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement