जलपाइगढी जिल्लाका अतिरिक्त पुलिस अधीक्षकमाथि हमला

wangden2520bhutiya_798-1.jpg

जलपाइगढी: जलपाइगढी जिल्लाको धुपगुडी ब्लकमा अंगराभाषा एशियन हाईवेमा अतिरिक्त पुलिस अधीक्षक (ग्रामीण) वाङ्गदेन भोटिया टाउको ढुङ्गाले लागेर घाइते भएका छन्। उनको सुरक्षा गार्डमाथि पनि स्थानीय एक क्लबका सदस्यहरूले कुटपिट गरेको आरोप छ।

सूत्रहरू अनुसार, मंगलवार राति लगभग १२ बजी जलपाइगढी जिल्लाका अतिरिक्त पुलिस अधीक्षक (ग्रामीण) वाङ्गदेन भोटिया धूपगुडी फर्किरहेका थिए। त्यही समय स्थानीय क्लबका सदस्यहरूले अंगराभाषामा एशियन राजमार्ग 48 अवरुद्ध गरेर वाहनहरूबाट चन्दा उठाइरहेका थिए। यस कारण राजमार्गमा ट्राफिक जामको स्थिति उत्पन्न भएको थियो।

अतिरिक्त पुलिस अधीक्षकको गाडी पनि जाममा फस्यो। अतिरिक्त पुलिस अधीक्षकको सुरक्षा गार्ड जाम लाग्नुको कारण बुझ्न गाडीबाट बाहिर निक्लिएका थिए। यसावधि स्थानीय युवकहरूले उनीमाथि हमला गरे।

सुरक्षा गार्डलाई कुटेको देखेपछि अतिरिक्त पुलिस अधीक्षक गाडीबाट निक्लिए। उनीमाथि पनि ढुङ्गा प्रहार गरियो। उनको टाउकोमा चोट लागेको छ। उनलाई धूपगुडी ग्रामीण अस्पतालमा लगियो। पुलिस आरोपितहरूको खोजीमा लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement