नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले झारखण्डको स्थापना दिवसको अवसरमा बुधवार राज्यका मानिसहरूलाई बधाई दिँदै उनीहरूको प्रगतिको कामना गरिन्। उल्लेखनीय छ, वर्ष २०००- को १५ नोभेम्बरकै दिन बिहारलाई विभाजित गरी झारखण्ड राज्यको स्थापना गरिएको थियो।
राष्ट्रपति मुर्मूले एक्समा भनिन्, ‘राज्य स्थापना दिवसको अवसरमा झारखण्डका सबै निवासीहरूलाई मेरो हार्दिक शुभकामना। भगवान बिरसा मुण्डाको जयन्तीलाई ‘जनजातीय गौरव दिवस’ -को रूपमा मनिन्छ। मेरो मङ्गलकामना छ कि प्राकृतिक संसाधनहरूले परिपूर्ण झारखण्ड राज्य सदैव प्रगतिशील रहोस् अनि भगवान बिरसाको आशीर्वाद यहाँका मानिसहरूमाथि सदैव रहिरहोस्।’







