केदारनाथ धाम: बाबा केदारनाथ धामको कपाट भैया दूज (कार्तिक मास शुक्ल पक्ष द्वितीया, वृश्चिक राशि, ज्येष्ठा नक्षत्रको शुभ मुहूर्त)-मा बुधवार प्रात: साढ़े आठ बजे विधि-विधान पूर्वक शीतकालको लागि बन्द भयो।
मन्दिरलाई विशेष रूपले फूलहरूले सजाइयो। अढ़ाई हजारभन्दा अधिक तिर्थ यात्रीहरू यसको साक्षी भए।
यस अवधि सम्पूर्ण परिसरमा सेनाको ब्याण्डको धुनसितै जय केदार तथा ऊँ नमः शिवायको जयजयकारले गुञ्जयमान भयो। यस अवसरमा मौसम सफा रह्यो। अहिलेघरि केदारनाथ क्षेत्रले आधा हिउँको च्यादर ओढ़ेको छ।
सर्वप्रथम ब्रह्म मुहूर्तमा कपाट खोलियो। त्यसपछि पूजा-अर्चना अनि दर्शन गरिएपछि कपाट बन्द गर्ने प्रक्रिया अन्तर्गत स्वयम्भू शिवलिङ्गबाट श्रृङ्गारलाई अलग्याएर रावल भीमाशङ्कर लिङ्गको उपस्थितिमा पुजारी शिवलिङ्गले स्थानीय शुष्क पुष्प, ब्रह्म कमल, कुमजा, राखबाट समाधि रूप दिइयो। यस अवधि बदरीनाथ-केदारनाथ मन्दिर समिति अध्यक्ष अजेन्द्र अजय, मुख्य कार्याधिकारी योगेन्द्र सिंह औ तीर्थ पुरोहित समाजका पदाधिकारीगण उपस्थित थिए।
साढ़े छः बजे गर्भ गृहमा समाधि पूजाको समापन गरियो। तत्पश्चात मन्दिरभित्र सभामण्डपमा अवस्थित सानो मन्दिरलाई पनि बन्द गरियो। साढ़े आठ बजे केदारनाथ मन्दिरको दक्षिण द्वारलाई बन्द गरियो। त्यसको तत्कालै पूरब द्वारलाई पनि बन्द गरियो।
यस अवसरमा भारतीय सेना, आईटीबीपी औ दानी-दाताहरू तिर्थयात्रीहरूको लागि भण्डाराको आयोजन गरे। कपाट बन्द भएपछि भगवान केदारनाथको पञ्चमुखी डोली हजारौं तिर्थ यात्रीहरूको साथमा सेनाको ब्याण्ड बाजासितै पैदल रामपुर तर्फ प्रस्थान भयो।







