सिलगढी: सिलगढीको वार्ड नम्बर १४ स्थित आश्रमपाडामा रहेको पूजा पण्डलबाट आज बिहान एक व्यक्तिको झुण्डिएको लाश फेला परेको छ। घटना सार्वजनिक भएपछि सम्पूर्ण क्षेत्रमा त्रास फैलिएको छ। यसबारे स्थानीयले पुलिसलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको पुलिसले लाशलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ। यससँगै पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।









