उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको दलखोलामा गोलीबारी हुँदा आतंक मच्चािको थियो । यो घटना मंगलबार राति भएको हो। राति अपहरणकारीले युवकलाई गोली हानेका छन्। मृत्यु हुने युवकको नाम राजा सरेन (२५) हो। उनको घर दलखोला थाना क्षेत्र जयरामपुरमा छ।

खबर पाएलगत्तै दलखोला पुलिस घटनास्थल पुगेको थियो। यद्यपी उनलाई अपहरणकारीले किन गोली हानेको हो भन्ने खुल्न सकेको छैन। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।







