गान्तोक: काठमाडौंमा आयोजित ‘मिस गुरुङ इन्टरनेशनल सिजन- ५’ का विजेता, उप विजेता र अन्य प्रतिभागीहरू सिक्किम फर्किआएका छन्। उक्त प्रतियोगितामा सहभागी सिक्किमका प्रतिभागीहरूलाई आज मल्ली चेकपोस्टमा भव्य स्वागत जनाइयो।

यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेष रूपमा उपस्थित थिए।

सिक्किमकी जेरिना गुरुङले ‘मिस गुरुङ इन्टरनेशनल सिजन- ५’ को उपाधि जितेकी छन्। यसैगरी, करिना गुरुङ दोस्रो उपविजेता बनेकी छन्। मुख्यमन्त्री तामाङले विजेता, उपविजेता तथा सबै प्रतिभागीहरूलाई अन्तरराष्ट्रिय स्तरको प्रतियोगितामा सफलताको निम्ति बधाई दिए।

मुख्यमन्त्रीले प्रतिभागीहरूलाई आफ्नो क्यारियर अगाडि बढाउन यो अनुभव प्रयोग गर्न प्रोत्साहित गरे। उनले सिक्किमका पॉंचै जना प्रतिभागीहरूलाई वित्तीय सहायता स्वरूप ५-५ लाख रूपियॉं प्रदान गर्ने घोषणा गरेका छन्।