नयॉं दिल्ली: केन्द्रिय महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीले उद्यमिता, कौशल विकास, खेल, स्वास्थ्यसहित विभिन्न क्षेत्रहरूमा महिलाहरूको सफलताका कथाहरूसित सम्बन्धित एक शो आयोजन गर्नेछिन्।
‘नई सोच नई कहानी- ए रेडियो जर्नी विद स्मृति ईरानी’ नामक शो हरेक बुधवार आकाशवाणीमा बिहान ९ देखि १० बजीसम्म प्रसारित गरिने छ।
पहिलो शो भोलि अर्थात १५ नोभेम्बरमा दिल्लीमा आकाशवाणी गोल्ड १००.१ मेगाहर्ट्जमा प्रसारित गरिने छ। उक्त कार्यक्रम देशभरिका आकाशवाणी स्टेशनहरूद्वारा पनि प्रसारित गरिने छ। यो शो न्यूजअनएयर एप, आकाशवाणी वेबसाइट, आकाशवाणी यूट्युब च्यानल र यसका विभिन्न सोशियल मिडिया प्लेटफर्ममा पनि उपलब्ध हुनेछ।
यो शोले सरकारको पहलको सहायताले महिलाहरूको सशक्तिकरणको अविश्वसनीय कथा र भारतमा महिलाहरूको जीवनलाई आकार दिन सरकारको भूमिकाको खुशी मनाउने छ। पहिलो शोमा स्टार्ट-अपसॅंग सम्बन्धित महिला र स्व-निर्मित व्यवसायी महिलाहरू सामेल हुनेछन्, जसले आफ्नो सफलताका कथाहरू साझा गर्नेछन् र आफ्नो प्रयासहरूमा सरकारी पहलको लाभ कसरी उठाइरहेका छन्, त्यसको बारेमा जानकारी दिनेछन्।
शोमा केन्द्र सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि सामेल हुनेछन्, जसले विभिन्न सरकारी योजनाहरूको लाभको फाइदा कसरी उठाउन सकिन्छ भन्ने बारेमा जानकारी गराउने छन्।










