सचिन तेन्दुलकरको विश्वकप रेकर्ड तोड्ने दौडमा ५ अब्बल ब्याट्सम्यान

00-Cricket-4

नयाँ दिल्ली: भारतमा भइरहेको आईसीसी एकदिवसीय विश्वकप अब समाप्तितर्फ अघि बढेको छ। नयाँ विश्व च्याम्पियनको नाम एक साताभित्र टुंगो लाग्नेछ। आयोजक भारतसँगै दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्यूजिल्याण्ड सेमिफाइनलमा पुगेका छन्। भारतले न्यूजिल्याण्डसँग खेल्नेछ भने दक्षिण अफ्रिकाले अस्ट्रेलियासँग खेल्नेछ  यी चार टोलीका ब्याट्सम्यान रन स्कोरिङका आधारमा शीर्ष ५ मा परेका छन् र सचिन तेन्दुलकरको विश्वकप रेकर्ड तोड्ने दावेदार छन्। विश्वकपको एक सिजनमा सर्वाधिक ६७३ रन बनाउने कीर्तिमान सचिन तेन्दुलकरको नाममा छ। सन् २००३ मा मास्टर ब्लास्टरले १ शतक र ६ अर्धशतकको आधारमा यो अतुलनीय कीर्तिमान बनाएका थिए।

सचिन तेन्दुलकरको एक विश्वकप सिजनमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान विगत २० वर्षदेखि अधुरै रहेको छ तर यसपटक आईसीसी एकदिवसीय विश्वकप २०२३ मा अहिलेसम्म देखिएको ब्याटिङ प्रदर्शनका आधारमा टुट्ने पूर्ण आशा छ। विराट कोहली (भारत), क्विन्टन डी कक (दक्षिण अफ्रिका), रचिन रविन्द्र (न्युजिल्याण्ड), रोहित शर्मा (भारत) र डेभिड वार्नर (अष्ट्रेलिया) आईसीसी एकदिवसीय विश्वकपमा सचिन तेन्दुलकरको कीर्तिमान तोड्ने नजिक छन्। यी हुन् यस वर्ष सर्वाधिक रन बनाउने शीर्ष ५ ब्याट्सम्यान। भारतका विराट कोहली सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। अहिलेसम्म ९ खेल खेलेर २ शतक र ४ अर्धशतकसहित ५९४ रन बनाएका छन्। दक्षिण अफ्रिकाका क्विन्टन डी ककले ४ शतक प्रहार गर्दै ५९१ रन बनाएका छन्, जुन विराटभन्दा ३ रन कम छ। न्युजिल्याण्डका युवा रचिन रविन्द्रले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै ३ शतक र २ अर्धशतकको सहयोगमा कुल ५ सय ६५ रन बनाएका छन्। यो ब्याट्सम्यान पनि सचिन तेन्दुलकरको कीर्तिमान तोड्ने नजिक पुगेका छन्। भारतीय कप्तान रोहित शर्माको नाममा ५०३ रन छन् भने अस्ट्रेलियाका डेभिड वार्नर ४९९ रन बनाएर दौडमा छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *