कोलकाताः दक्षिणी अण्डमान सागरको माथि उठेको एउटा चक्रवातीय परिसंचरण निम्न दबाउ क्षेत्रमा परिणत हुने सम्भावना छ, जसकारण बंगालको तटीय जिल्लाहरूमा १६ देखि १८ नोभेम्बरसम्म भारी वर्षा हुन सक्छ। यस चक्रवातीय परिसंचरणका कारण बिहिवार मध्य बंगालको खाडीमा निम्न दबाउको स्थिति उत्पन्न हुन सक्छ। उक्त जानकारी भारत मौसम विज्ञानले दिएको हो।
विभागका क्षेत्रीय निदेशक जीके दासले भने, यस्तो भएको खण्डमा १६ देखि १८ नोभेम्बरसम्म पश्चिम बंगालको तटीय क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। दासले भने, हामी यस तन्त्रको दिशा र तीव्रतामाथि ध्यान दिइरहेका छौ।
विभागले आफ्नो बयानमा भनेको छ, दक्षिणी अण्डमान सागरमा उठेको चक्रवातीय परिसंचरण क्षेत्र बलियो भएर पश्चिम-उत्तर पश्चिम दिशातिर अगाडि बढ्दै मध्य बंगालको खाडीमा निम्न दबाउको क्षेत्रको रूपमा परिवर्तित हुन सक्छ।
-हिस