कोलकाताः उत्तर २४ परगना जिल्लाको बनगाउँमा एक तीव्र रफ्तार पुलिस वाहनको चपेटमा पर्दा बाइक सवार तीन युवकको मृत्यु भयो। स्थानीय मानिसहरूले आरोप लगाए, पुलिस वाहनको चालक नशामा थियो र द्रूत गतिमा गाड़ी कुदाइरहेको थियो। यद्यपि, बनगाउँ महिला पुलिस थानाकी प्रभारी अपराजिता ब्यानर्जी, जो आइतवार अबेर राति दुर्घटनाको समय पुलिस वाहनमा थिइन्, उनले दाबी गरिन् कि उनको वाहन नभएर मोटरसाइकल तीव्र रफ्तारमा थियो र त्यसैले उनको वाहनलाई हिर्कायो। दुर्घटनामा म र मेरो चालक दुवै घाइते भए।
मृतक युवकहरूको पहिचान तन्मय क्रितानिया, सुजीत हलदर र अमित माझीको रूपमा गरिएको छ। यी सबै गोपालनगर पुलिस स्टेशन अन्तर्गत पंचपोटा गाउँका निवासी हुन्। उनीहरूको शवहरूलाई पोस्टमार्टमको निम्ति पठाइएको छ। दुर्घटनापछि क्षेत्रमा तनाव फैलियो र रूष्ट मानिसहरूले दाबी गरे कि तीव्र रफ्तार पुलिस वाहनको कारण क्षेत्रमा दुर्घटनाहरू भइरहन्छ। बनगाउँ पुलिस स्टेशनबाट एक पुलिस दल घटनास्थलमा पुग्यो र प्रदर्शनकारी स्थानीय मानिसहरूलाई शान्त गऱ्यो।
-हिस