मेघबालिकामा माँ कालीको आराधना

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः दक्षिण २४ परगना जिल्लान्तर्गत बारूइपुर नजिक नवनिर्मित आवासन ईडेन मेघबालिकामा दुर्गा पूजापछि काली पूजाको पनि भव्य आयोजना गरियो। आवासन प्रांगनमा भगवती कालीको प्रतिमाको स्थापना गरी विधि विधानले पूजा-अर्चना गरियो।

शनिवार साझँ सांस्कृतिक कार्यक्रमबीच भगवतीको प्रतिमा स्थापित गरी आयोजनको शुभारम्भ गरियो। आइतवार राति पूजन, हवन, पुष्पाञ्जली आदिको माध्यमले भगवती कालीको विधिवत आराधना गरियो। सोमवार भोग वितरण, देवी वरण एवं विसर्जनका साथै तीन दिवसीय उत्सवको समापन भयो। दुर्गा पूजा सरह काली पूजामा पनि मेघबालिका निवासीहरूले पार उत्साहको साथ भाग लिँदै आयोजनलाई सफल बनाए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement