पूरी गइरहेको धौली एक्सप्रेसमा झिल्का निस्किन्दा आतङ्क

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः शालीमार-पुरी अप धौली एक्सप्रेसमा सोमवार आगोको झिल्का र धुआँ निस्किन्दा आतङ्क फैलियो। सोमवार बिहान हावड़ाको अन्दुल स्टेशन नाघेपछि ट्रेनको एउटा बोगीमुनिबाट आगोको झिल्काको साथ कालो धुआँ निस्किनु शुरू भयो। घटनाले यात्रीहरूमा आतङ्क फैलियो।

स्थानीय सूत्रहरू अनुसार, अप धौली एक्सप्रेस शालीमारदेखि पुरीको निम्ति हिँड़ेको थियो। अन्दुल स्टेशन नाघेपछि सरस्वती नदीमा रेलवे पुल संख्या १७ नजिक ट्रेनको तेस्रो बोगीमुनिबाट अचानक धुआँ निस्केको देखियो। तब ट्रेन रोकियो। ट्रेन जस्तै रोकियो, यात्रीहरूमा भागदौड़ मचियो।

धेरै यात्रीहरू ट्रेनबाट तल झऱे। शुरूआतमा रेलवे अधिकारीहरूले बताए, ब्रेक शु चक्कासित टाँसिएको कारण घर्षणको कारण धुआँ निस्कियो। यद्यपि, आधा घण्टापछि इन्जीनियरहरूले ब्रेक शू- को मरम्मती गरे औं फेरि ट्रेन पुरीको निम्ति हिँड्यो। सबै यात्री सुरक्षित छन्। दक्षिण पूर्व रेलवेका मुख्य जनसम्पर्क अधिकारी आदित्य कुमार चौधरीले दाबी गरे, ट्रेनमा आगलागीको कुनै घटना भएन। केवल धुँआ निस्किरहेको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement