उच्च माध्यमिक परीक्षाको निम्ति अनलाइन पञ्जीकरणको समय सीमा बढ़ाइयो

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः उच्च माध्यमिक परीक्षाको निम्ति अनलाइन रजिस्ट्रेशनको समय सीमा बढ़ाइएको छ। पहिले नै पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदले यस सम्बन्धमा एक अधिसूचना जारी गरेको छ। अधिसूचना अनुसार, उच्च माध्यमिक शिक्षा परिषदले पहिले बिना लेट-फाइनको एघारौं कक्षाको पञ्जीकरणको समय सीमा बढ़ाएको थियो। यस पाली लेट-फाइनको साथ रजिस्ट्रेशऩको अवधि बढ़ाइएको छ। अधिसूचना अनुसार, एघारौं कक्षाको रजिस्ट्रेशन फारम ३० नोभेम्बरको मध्य रातसम्म अनलाइन भर्नसकिन्छ। अफलाइन पंजीकरण अनुरोध कुनैपनि परिस्थितिमा स्वीकार गरिने छैन।

पहिलो चेकलिस्ट जमा गर्ने अन्तिम मिति २० नोभेम्बरदेखि ३० नोभेम्बरसम्म थियो। पञ्जीकरण अवधि बढ़ेको कारण चेकलिस्ट जमा गर्ने नयाँ समय सीमा ०१ दिसम्बरदेखि ११ दिसम्बरसम्म छ। उल्लेख्य, शिक्षा विभागले ११औं कक्षामा अनलाइन रजिस्ट्रेशनको समय सीमा अगावै बढ़ाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement