नेपाल चाइनीज एप ‘टिकटक’ माथि लगायो प्रतिबन्ध

1601258328-276.jpg

काठमाडौं: नेपालमा चाइनीज एप टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। सोशियल मिडियामा सबैभन्दा धेरै लोकप्रिय प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयका साथै यसलाई कार्यान्वित गर्ने प्रक्रिया पनि शुरू गरिएको छ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको क्याबिनेटको बैठकमा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई स्वीकृति प्रदान गरियो।

क्याबिनेट बैठकको निर्णयको जानकारी गराउॅंदै पार्टी प्रवक्ता रेखा शर्माले भनिन्, क्याबिनेटको स्वीकृतिपछि तत्काल प्रभावका साथ यसको क्रियान्वयनको प्रक्रिया शुरू गरिएको छ। क्याबिनेटको निर्णयलाई राजपत्रमा प्रकाशित गर्न पठाइएको छ। यस अतिरिक्त, नेपालका सबै इन्टरनेट सर्विस प्रोभाइडर कम्पनीहरूलाई आज नै पत्र पठाउने उनले जानकारी दिइन्।

नेपालमा सबैभन्दा धेरै लोकप्रिय सोशियल मिडिया प्लेटफर्म टिकटकले समाजमा नकारात्मक असर पर्ने, टिकटकको माध्यमले नकारात्मक प्रचार-प्रसार हुने र नानीहरूमाथि यसको नकारात्मक प्रभाव पर्ने हुनाले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको हो। सरकारको तर्फबाट सबै सोशियल मिडिया प्लेटफर्मको निगरानीको निम्ति संसदमा एउटा बिल पनि विचाराधीन छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *