खरसाङ: यसपाली खरसाङमा भव्यरूपमा साथै सार्वजनिक रूपमा विधिवत काली पूजाको आयोजन खरसाङमा सम्पन्न भएको छ। तिहार वा दिपावलीको मध्य रातमा विधिवत रूपमा सम्पन्न हुने काली पूजा, तिहार अनि छठ पूजालाई मध्यनजर राख्दै सम्पूर्ण खरसाङ बजार नै बिजुली-बत्तीले सजाईएको छ। दशकौंपछि खरसाङ बजारमा यस वर्ष काली पूजाको आयोजन भव्य रूपमा साथै सार्वजनिक रूपमा भएको छ भने यस पूजाको आयोजन खरसाङ व्यवसायिक संगठनद्वारा गरिएको थियो। यसावधि काली पूजा, तिहार-दिपावली साथै छठ पूजालाई ध्यानमा राख्दै खरसाङ व्यवसायिक संगठनका सल्लाहकार अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको पक्षबाट खरसाङ बजार क्षेत्रलाई झिलीमिली बनाउनु हेतू सम्पूर्ण खरसाङ बजार क्षेत्रमा नै थरी-थरीको बिजुलि-बत्तीको जड़ान गरिएको छ। यस अवधि खरसाङ व्यवसायिक संगठनको पक्षबाट जनाईए अनुसार विगतमा पनि खरसाङमा सार्वजनिक रूपमा काली पूजाको आयोजन भएको हो भने प्रतिवर्ष नै विभिन्न संस्थान् एंव व्यक्तित्वहरुद्वारा पूजा गरिने भए तापनि यसरी भव्यरूपमा साथै सार्वजनिक रूपमा विधिवत प्रकारले काली पूजाको आयोजन धेरै दशकपछि भएको हो भनी बताईएको छ। यस अवधि विभिन्न ठाउँबाट भक्तजन काली माताको विधिवत् रूपमा पूजा अर्चना गर्दै प्रसाद ग्रहण गरेका थिए।