किड्नी रोगी सोनादाको नाली चउर निवासी निमा ग्यान्जेन तामाङलाई आर्थिक सहयोगको अपिल

IMG-20231113-WA0146.jpg

सोनादा: किड्नी रोगी सोनादाको नाली चउर निवासी निमा ग्यान्जेन तामाङलाई आर्थिक सहयोगको अपिल गरिएको छ। निम्न सोनादा ग्राम पञ्चायत अन्तर्गत नाली चउरको नयाँ कमान लाईनधुरा प्रगति समाजद्वारा किड्नी रोगी नाली चउर लाइनधुरा निवासी पिता स्व बौंधे तामाङ अनि माता रोजी तामाङको सुपुत्र निमा ग्यान्जेन तामाङ (बौध्द धर्म गुरु) को उपचारको लागि पहल गर्दै सहयोगको लागि अपिल गरिएको छ। उनी हालमा सिलगढीको एक निजी नर्सिङ होममा उपचाराधीन अवस्थामा रहेका छन्। विगतमा उनको उपचार चण्डीगढको आईबीवाई अस्पतालमा चल्दै थियो। डाक्टरको सुझाव अनुसार निमा ग्यान्जेनको दुईवटा किड्नी नै फेल भएको कारणले किड्नी झट्टै प्रत्यारोपन गरिनु पर्ने भएको छ। तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले सबै खर्च बेहोर्न नसक्ने भएकोले उपचारको लागि सबैलाई सहयोगको अपिल गरिएको छ। निम्न सोनादा ग्राम पञ्चायत अन्तर्गत नाली चउर नयाँ कामन लाइनधुरा प्रगति संघको सभापति र सचिवले प्रेस विज्ञप्ति जारी गरेर उक्त सहयोगको अपिल गरिएको छ। उनको ब्याङ्क एकाउन्ट नम्बर: ४२४१९५४०९८३ एसबीआई साेनादा
आईएफएससी: एसबीआईएन००१५३१३ सम्पर्क नम्बर: ७०५४९३८३१५/८९६७१०३९९७

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement