प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विद्यालयको व्यवस्थापनमा ‘गीता पाठशाला’को उद्घाटन

3ab374d7-dc81-44cd-82bf-6ff1fbca3dbf

जलपाइगढी: प्रजापिता ब्रह्मा कुमारी ईश्वरीय विद्यालयको व्यवस्थापन अन्तर्गत जलपाइगढी गेडर खुरा, जमादार पदबहादुर ग्राम पञ्चायत क्षेत्रमा ‘गीता पाठशाला’को उद्घाटन गरिएको छ। सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न कार्यक्रम गरी गीता पाठशालाको उद्घाटन गरिएको हो। काली पूजाको अवसरमा यस क्षेत्रमा मेला लाग्ने र यस मेलामा ईश्वरीय सन्देश पनि फैलिनेछ। कार्यक्रमको उद्घाटन राजयोगिनी बिके नितुले गरेकी थिइन्।

जलपाइगढी लोकसभा क्षेत्रका सांसद जयंत कुमार राय र अन्य उपस्थित थिए। रातिसम्म विभिन्न कार्यक्रम हुने आयोजकले बताए। सोही दिन सो केन्द्रमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो। स्वास्थ्य शिविरमा यस क्षेत्रका धेरैलाई स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधि समेत प्रदान गरिएको छ। यो सेवा कोलकाताका डाक्टरहरूले प्रदान गरेका छन्। यसका साथै यस दिन यस केन्द्रमा आध्यात्मिक ज्ञानको पनि चर्चा गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement