सयपत्री फूलको खेतीद्वारा तिहार साथै रोजगारीको अवसर

IMG-20231113-WA0141.jpg

खरसाङ: सयपत्री फूलको व्यावसाय गरेर पनि रोजगारी गर्न सकिन्छ भन्ने उदाहरण यसपाली तिहारको समयमा निक्कै देखिएको छ। यसपाली धेरैले आफ्नै क्षेत्रमा सयपत्री फूल फुलाएर तिहार मनाएको साथै रोजगारको काम पनि गरेको देखिएको छ। यसपाली यस्तै एउटा उदाहरण खरसाङ खण्ड अन्तर्गत सुकना ग्राम पञ्चायतको पुटुङ खैरेनी गाउँमा अधिक मात्रामा सयपत्री फुलाएर उदाहरण नै प्रस्तुत गरेका छन्। उक्त गाउँमा हरेक घरले सयपत्री फूल फुलाएर बिक्री गरेको तथा रोजगारको अवसर पनि सिर्जना गरेका छन्। पुटुङ खैरेनी गाउँमा स्थानीय सञ्जीव सुब्बा र अन्यले व्यापक रूपमा सयपत्री फूल फुलाएर उदाहरण प्रस्तुत गरेका छन्। यस गाउँभरिका मानिसहरूले ८-१० हजारसम्मको सयपत्री फूल रोपेको बताइएको छ। सयपत्री फूलको व्यवसाय रोजगारीको अवसर सिर्जना गर्नु मात्र होइन तर जातीय एकताको प्रतिक पनि मानिन्छ। आफ्नै जातीले मेहनत गरेर फुलाएको सयपत्री फूलले तिहार मनाउन गर्वको विषय पनि हो। उक्त गाउँमा रोपिएको सयपत्री फूलको बगैंचामा तीनधारे महानदी समष्टीको सभासद एंव जीटीएको एमओडी सभासद नवराज छेत्रीले निरीक्षण गरेर यो रोजगारको राम्रो उदाहरण रहेको बताउँदै यसरी काम गर्दा जीटीएको बागवानी विभागबाट सहयोग गर्ने आश्वासन दिएका छन्।

उनले यसपाली आफ्नै क्षेत्रमा फुलाएको सयपत्री फूलले तिहार मनाउने सबैले प्रण गरेको देखिएको बताउँदै सुकना ग्राम पञ्चायतको पुटुङ खैरेनी गाउँवासी प्रत्येक घरले कम्तीमा ८-१० हजारको फूल रोपेको बताए। सभासद नवराज छेत्रीले गाउँ घरमै यसरी फूल व्यवसाय गरेर रोजगारी गर्न सकिने अनि गाउँ घरको उन्नतिको लागि कार्य पनि गर्न सकिने साथै समाज उन्नतिमा सहयोग गर्न सकिने सम्भावना रहने पनि बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *