वरिष्ठ साहित्यकार, समालोचक एंव नागरी फार्म उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक अर्जुन प्रधानको निधन

IMG-20231113-WA0140.jpg

मिरिक: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार, समालोचक एंव नागरी फार्म उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक अर्जुन प्रधानको आकस्मिक निधन भएको छ। उनको निधन आज बिहान लगभग ३ बजेतिर सिलगढीको एक निजी नर्सिङ होममा ७२ वर्षको उमेरमा निधन भएको छ। उनको स्वास्थ्यमा अचानक समस्या देखापरेपछि हिजो राति उनलाई नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो। साहित्यकार अर्जुन प्रधानले कविताबाट आफ्नो यात्रा सुरु गरेर भारतीय नेपाली साहित्यमा वरिष्ठ समालोचकको रूपमा चिनिएका थिए। उनका कविता, संस्मरण र समालोचनाका गरी जम्मा २१ वटा कृतिहरू प्रकाशित रहेका छन्। साहित्यकार प्रधानले नेपाली साहित्यका दुई कृति अङ्ग्रेजीमा अनुवाद पनि गरेका छन्। उनको नवीनतम समालोचना सङ्ग्रह संज्ञान केही दिन अघि लोकार्पण गरिएको थियो। अङ्ग्रेजी भाषा-साहित्यमा स्नातकोत्तरसम्मको शिक्षा आर्जन गरेका साहित्यकार अर्जुन प्रधान शिक्षण पेशाबाट सेवानिवृत्त भएका थिए। उनी नागरी फार्म उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापकको रूपमा कार्य गरी अवकाशप्राप्त गरेका थिए। १४ नोभेम्बर सन् १९५१ दार्जिलिङमा जन्मेका प्रधानले गिरी पुरस्कार, दीना देवान स्मृति समालोचना पुरस्कार, मानवीर बराइली स्मृति पुरस्कार, हेमन्त कुमार स्मृति पुरस्कार, ध्वनि साहित्य पुरस्कार आदि प्राप्त गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement