खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान कृष्ण लिम्बुको निधन

IMG-20231113-WA0133.jpg

खरसाङ: खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान कृष्ण लिम्बुको निधन भएकोलछ। पूर्व चेयरम्यान कृष्ण लिम्बुको निधन आईतबार बिहान ११ बजे सिलगढीको एक निजी नर्सिङ होममा उपचाराधीन अवस्थामा ६८ वर्षको उमेरमा निधन भएको जानकारी प्राप्त भएको छ। उनी ह्रदय रोगले पिढीत रहेका थिए। मार्गरेट्स होपको बाँसघारीमा १ फरवरी सन् १९५५ सालमा जम्मेका कृष्ण लिम्बुको पिताको नाम आरबी लिम्बु र माताको नाम लाखमाया लिम्बु हुन्। चारजना दाजु भाइहरूमध्ये साइँला छोरा कृष्ण लिम्बु प्रथमपल्ट २००४ मा खरसाङ नगरपालिकाको वार्ड नम्बर २ बाट नगर पार्षद बनेका थिए। उनी खरसाङ नगरपालिकामा दुईपल्ट चेयरम्यान बनेका थिए। उनी पहिलो कार्यकालको रूपमा सन् २००८ देखि २०१० सम्म अनि दोस्रो कार्यकालको रूपमा २०१७ देखि २०२१ सम्म खरसाङ नगरपालिकाको चेयरम्यान बनेका थिए। उनी २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा जेल पनि गएका थिए। कृष्ण लिम्बुले आफुपछि दुई छोरीहरू छोडी गएका छन्। उनको अन्तिम संस्कार सोमबार दिउँसो खरसाङको वार्ड नम्बर दुईस्थित टेकवीर बस्तीमा गरिएको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *