राज्यपाल आचार्यले जनाए शहीद जवानहरूप्रति सम्मान

n55600151416998004246902b97817df1bf3471886dd2ac64063dc77a60bbd25ec52422f18438c6ea1761e0.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हालैमा सिक्किममा आएको बाढीको चपेटमा परेर ज्यान गुमाउने भारतीय सेनाका शहीदहरूप्रति सम्मान व्यक्त गरे। उनी आज बरदाङस्थित १७ माउण्टेन डिभिजनको ट्रान्जिट क्याम्प पुगेर शहीदहरूप्रति भावपूर्ण सम्मान व्यक्त गरे।

राजभवनद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, शहीदहरूको नाममा एउटा दियो जलाइयो। यसावधि सबैका ऑंख रसाएका थिए। राज्यपाल आचार्यले तिहारको शुभकामना दिॅंदै भने, हामी भावनामा बाच्दछौ र तपाईहरू संकल्पमा। हामी हाम्रा सैनिकहरूकै कारण देशमा तीज-चाड मनाइरहेका छौ। देशलाई सेनामाथि गर्व छ।

उनले अझ भने, जुन वीर जवानहरूले हालैमा आएको बाढीको चपेटमा परेर आफ्नो ज्यान गुमाए, उनीहरू सदैव हाम्रो सम्झानामा बाचिरहने छन्। राज्यपालको भ्रमणवाधि मेजर जनरल अमित कबथियाल पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement