घाईते नर हात्तीलाई उपचार पश्चात जंगलमा छोडियो

07151f68-6922-410c-bd50-24800dc71de4

कालचिनीः पछिल्ला केही दिनदेखि बीटीआर अर्थात बक्सा ब्याघ्र प्रकल्प पश्चिम डिभिजनको जंगलमा एक दँताल हात्ती (टस्कर) उमेर करीब ३०-३५ बर्षको घाईते अवस्थामा लंगड़िन्दै हिँड़ेको बनकर्मीहरूले देखेपछि बन विभागको टोलीले नियमित रूपमा यसलाई ट्र्याक गर्दै आइरहेको थियो। शनिबार त्यो नर जंगली टस्करको उपचार २३ माइल पीजी टावर नजिकै गरिएको बक्सा ब्याघ्र प्रकल्प पश्चिम डिभिजनका अधिकारीहरूले जनाएका छन्। उक्त दँताल हात्तीको दाहिने अगाडिको खुट्टाको तल्लो भागमा घाउ लागेको थियो।


उक्त हात्तीको खुट्टाको नङ कुहिएर संक्रमण हुन थालेको थियो यसैले असहज र लंगडा अवस्थामा हिँड़िरहेको थियो।
बक्सा ब्याघ्र प्रकल्पको पशु चिकित्सक र ट्रान्क्विलिजिङ टोलीले उक्त घाइते हात्तीलाई शान्त पारेको थियो र त्यसपछि घाउको सफाई र ड्रेसिङ गरिएको थियो। हात्तीलाई आवश्यक लामो डोजको एन्टिबायोटिक र अन्य औषधिहरू प्रदान गरेर शल्यक्रिया सम्पन्न गर्न करिब एक घण्टा लागेको थियो। पछि होश आएपछि सबै ठीक अवस्था देखेर हात्तीलाई जंगलमा छोड़ेता पनि यसको निगरानी भइरहेको बन विभागको टोलीले गरिरहेको बक्सा ब्याघ्र प्रकल्प पश्चिम डिभिजनको डीएफडी प्रवीण कासवानले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement