कोलकाताः आगामी आइतवार हुने काली पूजालाई लिएर कोलकातामा उत्सवको वातावरण बन्न थालेको छ। आइतवारदेखि पूजा पण्डालहरूमा श्रद्धालुहरूको भीड़ जुट्नु शुरू हुनेछ।
भीड़लाई ऩियन्त्रित गर्न कोलकाता पुलिसले सुरक्षाको ठोस व्यवस्था गरेको छ। लाल बजार सूत्रहरू अनुसार, कोलकातामा काली पूजामा सुरक्षा दुरूस्त राख्न लगभग पाँच हजार पुलिसकर्मीहरूलाई तैनात गरिनेछ। यसमा २१ उपायुक्त एवं ३५३ अतिरिक्त आयुक्त ऱ्याङ्कका अधिकारी सामेल छन्। विसर्जनको दिन एक हजार अतिरिक्त पुलिसकर्मी अर्थात् कूल ६ हजार जवान तैनात गरिनेछ।
उल्लेख्य, प्रदूषण नियन्त्रण प्राधिकरणले दिवालीको रात ८ देखि १० बजीसम्म पटेका पड्काउने अनुमति दिएको छ। गत सालपनि राति १० बजीसम्म नै अनुमति दिइएको थियो तर महानगरमा लगभग रातभरि पटेका पड्किरह्यो। यस्तो स्थितिमा पटेका पड्काउनलाई नियन्त्रित गर्नु पुलिसको निम्ति ठूलो चुनौती हुनेछ।
-हिस