दार्जिलिङ: दार्जिलिङको चौरस्तामा आजदेखि शुरु भएको तीन दिने फूल महोत्सवमा पहाडी क्षेत्रका फूलको प्रदर्शनी राखिएको छ। उक्त फूल प्रदर्शनी सोनादा फ्लोरिकल्चर एसोसिएसन र जीटीएद्वारा आयोजना गरिएको छ। यस्तो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य पर्यटन र फ्लोरिकल्चरको प्रवर्ध्दन गर्नु रहेको आयोजक पक्षले बताएको छ। आयोजकक पक्षमा रसिक छेत्रीले भने, ‘पहाडमा सँधै फूलहरू नै रहेको छ र यस क्षेत्रमा आउने पर्यटकले जताततै फूल देख्न मन पराउँछन्।

यस फूल महोत्सवमा दार्जिलिङका मात्रै नभई कालेबुङ, खरसाङ र मिरिकका कूल २८ वटा स्टलहरू रहेको उनले बताए। उनले अन्तिम दिन पुरस्कारसहित पुष्प प्रदर्शनी प्रतियोगिता समेत राखेको बताएका छन्। यस फूल प्रदर्शनी महोत्सवमा आएका पर्यटकहरुले मन पराएका छन्।