दार्जिलिङको चौरास्तामा तीन दिने फूल महोत्सव शुरु

IMG-20231110-WA0301.jpg

दार्जिलिङ: दार्जिलिङको चौरस्तामा आजदेखि शुरु भएको तीन दिने फूल महोत्सवमा पहाडी क्षेत्रका फूलको प्रदर्शनी राखिएको छ। उक्त फूल प्रदर्शनी सोनादा फ्लोरिकल्चर एसोसिएसन र जीटीएद्वारा आयोजना गरिएको छ। यस्तो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य पर्यटन र फ्लोरिकल्चरको प्रवर्ध्दन गर्नु रहेको आयोजक पक्षले बताएको छ। आयोजकक पक्षमा रसिक छेत्रीले भने, ‘पहाडमा सँधै फूलहरू नै रहेको छ र यस क्षेत्रमा आउने पर्यटकले जताततै फूल देख्न मन पराउँछन्।

यस फूल महोत्सवमा दार्जिलिङका मात्रै नभई कालेबुङ, खरसाङ र मिरिकका कूल २८ वटा स्टलहरू रहेको उनले बताए। उनले अन्तिम दिन पुरस्कारसहित पुष्प प्रदर्शनी प्रतियोगिता समेत राखेको बताएका छन्। यस फूल प्रदर्शनी महोत्सवमा आएका पर्यटकहरुले मन पराएका छन्।

About Author

Advertisement