काेचबिहारको सिताईमा पिस्तोल, जिउँदो कार्तुस सहित ५ जना डकैत पक्राउ

Screenshot_20231110_160003_Samsung-Internet.jpg

काेचबिहार: अपराधमूलक घटनालाई अन्जाम दिन अगावै पुलिसले कुचबिहारको सिताई सिङ्गीमारी इलाकाबाट ५ जना डकैतलाई पक्राउ गर्नको साथै पिस्तोल र जिउँदो कार्तुस पनि उद्धार गरेको छ। पक्रा परेकाहरूमा टुटुल बर्मन, प्रसनजीत विश्वास, माहलम शेख, आनिसुल इस्लाम र बसेर अली सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा सिताई थाना पुलिसले यहाँको सागरदिघी ब्रिज नजिक सिङ्गीमारी नदी तट इलाकामा अभियान चलाएर ५ जना डकैतको टोलीलाई पक्राउ गरेको छ।

पक्रा परेकाहरूबाट पुलिसले एउटा देसी पिस्तोल, ८ वटा जिउँदो कार्तुस, ५ वटा खाली जर्दाको डब्बा, १० प्याकेट चकलेट बम, पाटको डोरी, रड, ४ वटा सानो टर्च लाइट, २ वटा ग्यास लाइटर उद्धार गरेको छ। अपराधमूलक घटनालाई अन्जाम दिने उद्देश्यले पाँचजना डकैतको टोली भेला भए तापनि पुलिसले यसभन्दा अगावै तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement