मंगल माइती पब्लिक चेरिटेबल ट्रस्टद्वारा नेपालका उद्योगपति दुर्गा प्रसाइँ सम्मानित

Screenshot_20231110_235059_Samsung-Internet.jpg

सिलगढी: नेपालका उद्योगपति, राजनीतिक सचेतक तथा सामाजिक कार्यकर्ता दुर्गा प्रसाइँलाई शुक्रबार सिलगढीमा सम्पन्न भएको कार्यक्रममा सम्मान जनाइयो। सिलगढीको एउटा होटलमा आयोजित कार्यक्रममा मंगल माइती पब्लिक चेरिटेबल ट्रस्टद्वारा उनलाई सम्मान जनाइयो। नेपालका सुपरिचित समाजसेवी दुर्गा प्रसाईले बिर्तामोडमा आर्थिक रुपले कमजोर परिवारका रोगीहरूको निःशुल्क रूपमा सेवाको निम्ति पूर्वाञ्चल क्यान्सर अस्पताल निर्माण गरेर मानवीय कार्य गरेका छन्। यस अवसरमा मुख्य अतिथिका रूपमा सिक्किमकी डा. सरला लामा थिइन् भने अन्य विशिष्ट अतिथिहरूमा सिक्किमका पूर्वअध्यक्ष केएन राई, सिक्किमका पूर्व स्वास्थ्य मन्त्री एमके शर्मा, प्रशासनिक शीर्ष पदाधिकारीगण, पूर्व एडीएम गोपाल लामा, उत्तरबंग विश्वविद्यालयका प्राध्यापक डा. कृष्णराज घतानी उपस्थित थिए। कार्यक्रममा आयोजक समिति मंगल माइती पब्लिक चेरिटेबल ट्रस्टका सचिव राम छेत्रीले उपस्थित सबैलाई स्वागत जनाउँदै स्वागत भाषण प्रस्तुत गरे।

कार्यक्रममा सम्मानित व्यक्ति दुर्गा प्रसाइँलगायत सिक्किमका पूर्वअध्यक्ष केएन राई, सिक्किमका पूर्व स्वास्थ्य मन्त्री एमके शर्मा, डा. सरला लामा, नेपालबाट आएका क्यान्सर रोगका चिकित्सक आदिले पनि वक्तव्य प्रस्तुत गरे।

About Author

Advertisement