गान्तोक: राज्यका पूर्व राज्यपाल गंगा प्रसादकी धर्मपत्नी कमला देवी (चौरासिया) निधनप्रति राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले गहिरो शोक प्रकट गरेका छन्। उल्लेखनीय छ, पूर्व राज्यपाल प्रसादले सिक्किममा राज्यपालको पदभार सम्हालेका थिए। यसै वर्ष मात्र उनले अवकाश प्राप्त ग्रहण गरेका थिए।

यस दु:खद घडीमा मृतकको आत्माको चिरशान्तिको कामना गर्दै मुख्यमन्त्रीले शोकसन्तप्त परिवार र आफन्तजनमा हार्दिक संवेदनका प्रकट गरेका छन्।