१ लाख १४ हजार ५०० रूपियाँको नकली नोटको साथ एक पक्राउ

IMG-20231109-WA0140.jpg

काेचबिहार: स्पेशल टास्क फोर्स (एसटीएफ) ले दिनहाटा नाजिरहाट बजारदेखि लाखौंको नकली नोटहरूको साथ एक व्यक्तिलाई बुधवार राति पक्राउ गरेको छ। पक्रा पर्नेको नाम नाजिर हुसैन (३२) बताइएको छ।

नाजिर नाजिरहाट-२ नम्बर ग्राम पञ्चायतको दिघलटारी क्षेत्रको निवासी हो। एसटीएफले आरोपितदेखि कूल १ लाख १४ हजार ५०० रूपियाँको नकली नोट जफत गरेको छ। आरोपितलाई एसटीएफले नकली नोटको साथ अघिको कारबाहीको निम्ति साहेबगंज थानालाई सुम्पेको छ।

पुलिस सूत्रहरू असार, हिजो राति गुप्त सूचनाको आधारमा एसटीएफले नाजिरहाट बजार क्षेत्रमा विशेष अभियान चलाएर नाजिर हुसैनलाई समायो। जब नाजिर हुसैनको तलाशी लिइयो व्यक्तिदेखि कूल १ लाख १४ हजार ५०० रूपियाँको नकली नोट जफत भयो। एसटीएफले नकली नोटहरूको साथ आरोपितलाई साहेबगंज थानालाई सुम्प्यो। साहेबगंज थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement