एशियन विकास ब्याङ्का प्रतिनिधिहरूले गरे मुख्यमन्त्री तामाङसँग भेट

IMG-20231109-WA0201.jpg

गान्तोक: एशियन डेभलोपमेन्ट व्याङ्क (एडीबी) को एक प्रमुख प्रतिनिधिमण्डलले एम्मा फ्रान्सिस मार्सडेनको नेतृत्वमा, सेफगार्ड्स मिशनको टोली नेतृत्व र सिक्किम सरकारको ऊर्जा विभागका वरिष्ठ अधिकारीहरूले आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङसँग भेट गरे। मुख्यमन्त्रीको सरकारी आवास मिन्तोगाङमा भएको भेटको क्रममा सिक्किम सरकारसँगको साझेदारीमा एडीबीबाट आर्थिक सहयोग प्राप्त गर्ने र आगामी दिनमा सिक्किमलाई विद्युत क्षेत्रमा विकास गरिनुपर्ने विषयमा सबैको ध्यान केन्द्रित गरिएको थियो।

भेटमा मुख्यमन्त्रीले आयोजनालाई सरकारको तर्फबाट समर्थन व्यक्त गर्दै यस प्रकारको प्रयासले यस ऊर्जाको क्षेत्रमा लाभ पुग्नको साथै यसले सबैलाई लाभ पुग्न सक्ने विश्वास व्यक्त गरे।

About Author

Advertisement