दिल्ली संसद भवनमा लगियो सिक्किमको ब्यालेट बक्स

IMG_20220719_175324.jpg

नयाँ दिल्ली: हिज देशको सबै राज्यका विधानसभामा राष्ट्रपति चयनको निम्ति मतदान गरियो। छिमेकी राज्य सिक्किम विधानसभामा पनि मतदान सम्पन्न भएको थियो।यसरी मतदान गरेको मतपेटी आज दिल्लीको संसद भवनमा निर्वाचन अधिकारीसमक्ष लगियो। गान्तोकबाट आज बिहान दिल्लीतर्फ प्रस्थान भएको प्रतिनिधि टोली ब्यालेट बक्स अनि मतदानमा प्रयोग गरिएका सामग्रीहरू लिएर नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल पुगेपछि त्यहाँबाट सुरक्षित ढंगमा संसद भवनमा लगियो। उक्त प्रतिनिधि टोलीमा राष्ट्रपति चुनाउको निम्ति सिक्किममा नियुक्त भएका सह-चुनाउ अधिकारीहरू ललित कुमार गुरुङ र कर्मा टी. ग्यात्सो, विधानसभाका उप-सचिवद्वय बरुण दाहाल र दावा जी शेर्पा सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement