दुइ दिवसीय ग्रीष्मकालिन कराँते प्रशिक्षण शिविर सम्पन्न

IMG-20220719-WA0118.jpg

गोरुबथान: कालेबुङको प्रसिद्ध विद्यालय रकभेल एकाडेमीमा १६ अनि १७ जुनको दिन ग्रीष्मकालीन कराँते प्रशिक्षण शिविर सम्पन्न भएको छ। यस कराँते प्रशिक्षण शिविरको आयोजना सुसनस कराँते डु एकाडेमीले गरेको थियो। यस कराँते प्रशिक्षणको अवधिमा मुख्य अतिथीको रुपमा जाहार दास महासचिव बंगाल ओलम्पिक एसोसिएसन, बिकास बान्तावा सभासद ३४ नम्बर समष्टि सिनोरा नाम्चु सभासद ३३ नम्बर समष्टि रहेका थिए। यसैगरी जियोन लेप्चा सभापति कराँते डु एसोसिएसन कालेबुङ जिल्ला, बिनोद राई संस्थापक इमानुएल एकाडेमी,बिराज राई संस्थापक बिदुर राई फाउन्डेसन पनि यस कार्यक्रममा अतिथिको रुपमा उपस्थित थिए।

About Author

Advertisement