नयाँ दिल्ली: भारत र चीनबीच १७ जुलाईको दिन १२ घण्टासम्म चलेको १६औं चरणको कोर कमाण्डरस्तरीय बैठकपछि साझा बयान जारी गरिएको छ। जसमा भारतीय क्षेत्रको चुशूल-मोल्दो बर्डर मीटिङ पोइन्टमामा भएको बैठक विवादित मुद्दाहरूलाई हल गर्न विफल बनेको स्वीकार गरियो, तर दुवै पक्ष चॉंडै पारस्परिक रूपमा स्वीकार्य समाधानमा पुग्न कुराकानी जारी राख्ने कुरामा सहमत भएको बताएको छ। वार्तामा भारतले पूर्वी लद्दाखमा सबै विवादित ठाउॅंहरूबाट सैनिकहरूलाई चॉंड़ै फर्काउनु पर्ने कुरामा दबाव दियो र यथास्थिति बहाल गर्नुपर्ने माग दोहोर्यायो।
भारत र चीनबीच ११ मार्चमा बैठक भएको थियो, जसपछि दुवै पक्षले १६औं चरणको बैठकको समय पश्चिमी क्षेत्रमा एलएसीमा विवादित मुद्दाहरूको समाधान गर्न रचनात्मक तरीकाले चर्चा जारी राख्यो। रहल मुद्दाहरूको चॉंडोभन्दा चॉंडो समाधानका लागि विचारहरूको गहन आदानप्रदान गरे। दुवै पक्ष सैन्य र राजनयिक च्यानलहरूको माध्यमद्वारा अगाडी कुराकानी जारी राख्न र चॉंडै रहल मुद्दाहरूको पारस्परिक रूपले स्वीकार्य समाधान निकाल्न सहमत भयो। यसैगरी, दुवै पक्ष क्षेत्रमा सुरक्षा र स्थिरता बनाइराख्न सहमत भएको छ।
भारत र चीनबीच आइतबार १२ घण्टा लामो चचापछि साझा बयान जारी गरियो। साझा बयानमा भनिएको छ, लम्बित मुद्दाहरूको समाधान गर्नुभन्दा पहिला पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा शान्ति र शान्ति बहाल गर्न मद्दत मिल्नेछ र द्विपक्षीय सम्बन्धहरूमा प्रगतिलाई सक्षम बनाउन सकिने छ। आधिकारिक स्रोतहरूले भने, वार्तामा भारतले पूर्वी लद्दाख क्षेत्रका सबै विवादित बिन्दुहरूबाट सैनिकलाई चॉंडोभन्दा चॉंडो हटाउन बल दियो र सैन्य गतिरोध शुरू हुनअघि अप्रेल २०२० को यथास्थिति बहाल गर्न माग पनि दोहोर्याओl