गान्तोक: आत्मा नाम्ची, जिल्ला कृषि विभाग, वागवाणी र पशुधन एवम पशु चिकित्सा विभागको संयुक्त पहलमा आज दामथाङ जौबारी, कामराङ र किताम ग्राम पञ्चायत यूनिटमा संकल्प शपथ कार्यक्रम अन्तर्गत कृषि मेला साथै प्रदर्शनी कार्यक्रम सम्पन्न भयो। पञ्चायत अध्यक्षहरूको उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न विभागका अधिकारीहरूले पनि सहभागिता जनाएका थिऐए। यस अवसरमा प्रधानमन्त्री किसान योजनाका लाभार्थीहरूले आफ्नो नाम पञ्जीकरण गराएको कृषि विभागद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।