काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार चीन जाने भएका छन् ।चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा दक्षिण एसियाली राजनीतिक दलहरूसँग हुन लागेको कार्यक्रममा भाग लिन अध्यक्ष नेपाल चीन जाने भएका हुन् ।अध्यक्ष नेपालले यस विषयमा सोमबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा यस विषयमा जानकारी गराएका छन्। अध्यक्ष नेपालसँगै पार्टी उपाध्यक्षसमेत रहेका कृषिमन्त्री डा.बेदुराम भुसाल, मोहन गौतम, विद्या चाम्लिङ, सुधिर साह, विष्णु महतो, लोकबहादुर हमाल, हर्कबहादुर सिंह र गणेश विकलगायत १५ सदस्यीय टोली चीन जाने छ। उनको भ्रमण टोलीमा पार्टीका जनप्रतिनिधिदेखि, जनवर्गीय संगठन र विभिन्न विभागका सदस्यलाई समेत समेटिएको छ।