साेरेङ: सोरेङ जिल्लास्तरीय परामर्श समितिको एक सभा आज जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। उक्त अवसरमा जिल्लापाल भीम ठटाल, जिल्ला पञ्चायत लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
जिल्लापाल भीम ठटालको अध्यक्षतामा सम्पन्न भएको सभामा विभिन्न विषयमा छलफल गर्नको साथै ब्य़ाङ्कद्वारा उपलब्घ गराइएको विभिन्न उपलब्धिबारे समीक्षा गरेको जानकारी गराइएको छ।
सभामा जिल्लापालले विभिन्न कारणले ब्याङ्किङ पहुँच नपुगेका क्षेत्रमा पुग्न ब्याङ्करुलाई निर्देशन दिँदै ब्याङ्क खाता खोल्न सहज उपाय प्रदान गर्न सहभागी ब्याङ्कहरुलाई आग्रह गरे। उनले महत्वकाँक्षी ब्लक (चुम्बुङ) लाई पनि कार्यक्रममा समावेश गर्ने आग्रह गरेका छन्।