सिटोङमा दुई दिवसीय वार्षिक क्रीडा उत्सव २०२३ आयोजना गरिने

IMG-20231106-WA0239.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ प्रगति संघको आयोजनामा स्थानीय सिटोङ जन मैदान (३८ ग्राउण्ड)-मा दुई दिवसीय वार्षिक क्रीडा उत्सव २०२३ आयोजना गरिने भएको छ। उक्त दुई दिवसीय वार्षिक क्रीडा उत्सव २०२३ आगामी ९ अनि १० दिसेम्बर २०२३ को दिन सम्पन्न हुने भएको छ। स्मरण रहोस् सिटोङ प्रगति संघले वार्षिक रूपमा नै खेलकूद कार्यक्रम आयोजना गर्दै आइरहेको छ। संघको सभापति निरण छेत्रीले यस विषयमा पत्रकार भेला बोलाएर वर्तमान समयमा युवाहरू विभिन्न प्रकारको कुलततिर लागेर साथै मोबाइल फोनमा समय बिताउने गरेकोले गर्दा ती कुलतबाट छुटकारा पाउने एउटै उपाय खेलकूद रहेकोले ती युवाहरूलाई हौसला दिनको निम्ति खेलकूद कार्यक्रम आयोजना गर्दै आइरहेको बताएको भनी सिटोङबाट सुशील मुखियाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement