भारतको ‘रकेट फोर्स’: हुनेछ १५०० किमी. दूरत्वसम्मको ब्यालिस्टिक मिसाइलहरू

img-IRF.jpg

नयाँ दिल्ली: चीनलाई सठिक जवाफ दिनका लागि भारतले पनि आफ्नो ‘रकेट फोर्स’ बनाइरहेको छ।

भारतले आफ्नो रकेट फोर्समा १,५०० किलोमीटरसम्म प्रहार गर्नसक्ने ब्यालिस्टिक मिसाइलहरूलाई सामेल गर्नेमाथि विचार गरिरहेको छ। सेनाले पारम्परिक उपयोगको लागि सामरिक बल कमानमा ब्यालिस्टिक मिसाइलहरूको वर्तमान बेड़ाबाट चयन गर्नसक्छ। भारतले आफ्नो रकेट फोर्स बनाउनुको मुख्य उद्देश्य मध्यम दूरीसम्मको मारक क्षमतालाई मजबुत बनाउनु हो जुन छिमेकी देशहरू चीन र पाकिस्तानसित पहिलादेखिकै छ।

पूर्वी लद्दाख सीमामा तनाउ कम गर्नको लागि भइरहेको सैन्य एवं कुटनीतिक प्रयासहरूमाझ चीनले एलएसी नजिक ठूलो संख्यामा ‘रकेट फोर्स’ तैनाख गरेको छ। चीनलाई पहिलादेखिकै आफ्नो रकेट फोर्समाथि सबैभन्दा अधिक भरोसा रहेको छ। पिपल्स लिबरेशन आर्मी (पीएलए)-ले यो रकेट फोर्स वर्ष २०१६ मा बनाएको थियो, किनभने चीनसित विश्वको सबैभन्दा ठूलो रकेटको भण्डार छ। चीनको ‘रकेट फोर्स’-लाई जवाफ दिनको लागि भारतले बालाकोट सर्जिकल स्ट्राइकमा महत्वपूर्ण भूमिका निभाउने स्पेशल फोर्सेजलाई लद्दाख सीमामा तैनाथ गरेको छ। देशका अलग-अलग स्थानहरूबाट प्यारा स्पेशल फोर्सको युनिटलाई लद्दाखमा पुऱ्याइनेछ।

यसैले चीनलाई सही जवाफ दिनको लागि भारतले पनि एउटा भिन्नै रकेट फोर्स बनाउने फसेला लिएको छ, किनभने भारतसित विश्वको सर्वश्रेष्ठ मिसाइलहरूको भण्डार छ। रकेट फोर्स बनाउने योजनाले स्पष्ट रूपमा सङ्केत गरिरहेको छ कि भारतले सीमित युद्ध अवधि सतहदेखि सतहमा प्रहार गर्नसक्ने मिसाइलहरूको प्रयोग गर्नेछ। यसैले भारतले आफ्नो मिसाइल विकास औ उत्पादन पारिस्थितिकी तन्त्रको भरमा रकेट फोर्स गठन गर्ने परिकल्पना गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement