नेपाल एयरलाइन्स सुधार प्रतिवेदन कार्यान्वयन गर्न सुझाव समिति गठन

Nepal-Airlines-Airbus-A330-200-242t-9N-ALZ.jpg

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)को सुधारका लागि तयार प्रतिवेदन कार्यान्वयन गर्न सुझाव समिति गठन गरेको छ। मन्त्रालयले निगमको संरचनागत र व्यवस्थापकीय व्यवस्थापन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने उद्देश्यका लागि सुझाव समिति गठन गरेको जनाएको छ।राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन कार्यान्वयन गर्न निगमका पूर्वमहाप्रवन्धक कुलबहादुर लिम्बुको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव र वायुसेवा निगमको प्रशासन महाशाखाका विभागीय प्रमुख रहने गरी समिति गठन गरिएको छ। क्षेत्री संयोजक रहेको समितिले ५ महिना लगाएर वायुसेवा निगम सुधारका लागि प्रतिवेदन तयार पारेको थियो। समितिले जहाज खरिद गरी बजारमा आफ्नो उपस्थिति बढाउन, स्रोतको जोहो गर्न सोल्टी होटलको सेयर उपयोग गर्न सुझाव दिएको थियो। व्यवस्थापन सुधारका लागि समेत प्रतिवेदनमा विभिन्न विकल्पहरु दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement