रानीपुलस्थित सरमसा गार्डनमा आज राज्य शिक्षा पुरस्कार समारोह कार्यक्रमकाे आयोजना

Screenshot_20231106_192057_WhatsApp.jpg

रानीपुल: रानीपुलस्थित सरमसा गार्डनमा आज राज्य शिक्षा पुरस्कार समारोह कार्यक्रम आयोजना गरियो। माउन्ट जियोन स्कूल र अप्पर तादोङ निर्वाचन क्षेत्रको संयुक्त पहलमा आयोजित कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस कार्यक्रममा राज्यभरिका एकसय भन्दा अधिक उत्कृष्ट विद्यालयहरूलाई पुरस्कार प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेम सिंह तामाङले आगामी २०२४ देखि राज्यका उत्कृष्ट निजी विद्यालयमा प्रथम हुनेलाई २० लाख, दोस्रोलाई १५ लाख र तेस्रोलाई १० लाख प्रदान गरिने घोषणा गरे।

सरकारद्वारा प्रदान गरियो सहयोग राशिमा २५ प्रतिशत शिक्षकवर्गलाई प्रदान गरिनु पर्ने उनले निर्देश दिए। उनले यो कार्यक्रम ऐतिहासिक रहेको बताउँदै आजसम्म यस प्रकारको कार्यक्रम आयोजना नभएको जानकारी गराए। कुनै पनि देश र राज्यको निम्ति शिक्ष मेरूदण्ड रहेको बताउँदै जुन राज्य र देशमा शिक्षा प्रणाली राम्रो हुन्छ,त्यो देशको प्रगति हुने उनले जानकारी गराए। शिक्षा प्रणाली ठीक नभएको राज्य र देशको विकास नहुने पनि उनले थप बताए।

यस प्रकारको कार्यक्रम प्रत्येक निर्वाचन क्षेत्रले शुरू गर्नुपर्ने मुख्यमन्त्रीले सुझाउ दिए। वर्तमान सरकारले पनि शिक्षालाई प्राथमिकता दिँदै काम गरिरहेको जानकारी गराउँदै २५ वर्षको सरकारले शिक्षाको क्षेत्रमा गर्न नसकेको सुधार एसकेएम सरकारले गरेको दावी गरे। सरकारले केवल नीति निर्धारण गर्छ भने यसलाई सही ढङ्गमा कार्यान्वयन गर्न व्युरोकेसीको अहंम भूमिका रहने गरेको उनको भनाइ थियो। शिक्षाको क्षेत्रमा राज्यमा सञ्चालित निजी विद्यालयले पनि ठूलो योगदान पुऱ्याएकोमा उनले खुशी प्रकट गरे। वर्तमान परिपेक्ष्यमा अभिभावकवर्गको अधिक आयस्रोत भएको कारण सबैले निजी स्कूलमा आफ्नो नानीहरूलाई पढाउने गरेको उनले बताए। यस अवसरमा शिक्षामन्त्री केएन लेप्चा, शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर तेलाङ र विधायक जीटी ढुङ्गेलले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement