कोलकाताः पश्चिम बङ्गालको विद्रोही समूह कामतापुर लिबरेशन अर्गनाइजेशन (केएलओ)-ले फेरि चिन्ता बढ़ाइरहेको छ। सङ्गठनद्वारा धम्की दिइएपछि केन्द्रिय एजेन्सीहरू अलर्ट भएका छन्। पश्चिम बङ्गालमा नेपाल, भुटान र बङ्गलादेशसित गाँसिएको भारतका अऩ्तरराष्ट्रिय सीमाहरूमा सुरक्षा बढ़ाइएको छ। केएलओ संयोजक दाओसर लङ्घम कोचद्वारा गए आइतवार राती जारी धम्की पश्चात पश्चिम बङ्गालको अन्तरराष्ट्रिय सीमामा सुरक्षाको कठोर व्यवस्था गरिएको छ। प्रशासनका एक वरिष्ठ अधिकारीले सोमवार बताए, उत्तर बङ्गालका स्थानीय व्यापारीहरूलाई फिरौतीको रूपमा भारी रकमको माग गर्दै केएलओद्वारा धम्कीपूर्ण पत्रहरू जारी गर्ने क्रम पुनः शुरू भएको छ। कोचको अडियो बयान त्रिपुरामा अन्तरराष्ट्रिय सीमामा जारी गरिएको छ। धम्कीपूर्ण सन्देश विशेष गरी उत्तर बङ्गालका व्यापारी अनि व्यापारी सङ्घहरूको लागि जारी गरिएको छ जसले अलग कामतापुर राज्यको आन्दोलनलाई वित्तीय सहायता दिन अस्वीकार गरिरहेका छन्।
धम्कीमा भनिएको छ, यदि उनीहरू यस सम्बन्धमा आफ्नो पहलदेखि पछि हटेनन् भने गम्भीर परिणाम भोग्नुपर्नेछ। पुलिस प्रशासनले धम्कीपूर्ण बयानलाई गम्भीर रूपमा लिएको छ। मामिलाको गम्भीरता हालका घटनाक्रमबीच अझ बढ़ेको छ जसमा अलग कामतापुर राज्यको माग गर्ने एक स्वतन्त्र समिति कामतापुर राज्य माग समितिले केन्द्र अनि प्रतिबन्धित केएलओमाझ तत्काल शान्ति वार्ता शुरू गर्ने माग गरेको छ। समितिले शान्ति वार्ता शुरू गर्ने आवश्यक्तालाई उजागार गर्नको लागि एक व्यापक जन जागरूकता अभियान शुरू गर्ने निर्णय लिएको छ। समितिले माग गरेको छ, हालैमा आत्मसमर्पण गर्ने केएलओ महासचिव कैलाश कोचलाई पनि शान्ति वार्तामा सामेल गरिनुपर्छ।
-हिस