कोलकाताः यात्री बसले एकपछि अर्को तीन कारलाई हिर्काएपछि १५ जना घाइते भएका छन्। घटना सोमबार बिहान बेहालाको ठाकुरपुकुर क्षेत्रमा भएको हो।
प्राप्त जानकारी अनुसार, २३५ नम्बर रूटको एउटा यात्री बस सोमवार बिहान अनियन्त्रित भएर डिवाइडरसित ठोकियो। पछाड़ी एउटा लग्जरी बस थियो। त्यो पनि अनियन्त्रित भयो र बसको पछिल्लो हिस्सासित ठोकियो। यस दुर्घटनामा लगभग १५ जना घाइते भए। घाइतेहरूको स्थिति गम्भीर बताइएको छ। बसको अघिल्लो हिस्सा पूर्ण रूपमा क्षतिग्रस्त भयो।
स्थानीय निवासीहरू र पुलिसको मद्दतले घाइतेहरूलाई अस्पताल लगियो। त्यस क्षेत्रमा काली पूजा पण्डालको निर्माण कार्य चलिरहेको थियो। त्यहाँ भारी भीड़ इयो। त्यसमध्ये केही दुर्घटनाको चपेटमा परी घाइते भए।
-हिस