नाम्ची: नाम्ची जिल्लाअन्तर्गत सदाममा आज एसकेएम पार्टीको मल्ली समष्टीस्तरीय समितिको समन्वय सभा सम्पन्न भयो। सो सभाको अध्यक्षता पार्टीका सीईसी उपाध्यक्ष तिलक बस्नेतले गरेका थिए।
सभामा सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले राजनीति विज्ञान भएको कारण पार्टीलाई लामो समयसम्म सत्तामा राख्नको लागि वैज्ञानिक पक्षहरू हुनुपर्ने विचार प्रकट गरे। एसडीएफ पार्टी सत्ताबाट गइसकेको कारण एसडीएफ पार्टी अब फेरि सत्तामा नफर्किने दाबी गर्दै पार्टी कार्यकर्ताले वार्ड-वार्डको स्थिति बुझेर त्यही अनुरूप काम गर्नुपर्ने कुरामा जोर दिए। पार्टी कार्यकर्ताहरूले एसकेएम सरकारका उपलब्धीहरू जनतालाई बुझाउनु पर्ने बताए।
यस क्रममा सीएलसी अध्यक्ष दिलकुमारी छेत्रीले सभाको औचित्य एक भएर पार्टीलाई अझ दरिलो बनाएर लैजानु रहेको बताइन्। उनले व्याक्तिलाई होइन, पार्टीलाई बोकेर हिड्नु पर्ने कुरामा जोर दिइन्। सभामा पार्टीको आगामी रणनीति आदि पनि तय गरियो। सभामा अन्तरक्रिया सत्र पनि सम्पन्न भएको थियो।
सभामा जिल्ला पञ्चायत सदस्य रेमिका तामाङ, नवमित लेप्चा, सुचित्र प्रधान, सीएलसी सल्लाहकार पीबी गुरूङ आदिको पनि उपस्थिति रहेको थियो।