तीनधारेमा बाैद्ध धार्मिक पर्व ल्हाबाब दुईछेन २०२३ काे समापन

IMG-20231106-WA0227.jpg

खरसाङ: गुरु मैत्री संघ तीनधारेकाे आयाेजनामा सम्पन्न बाैद्ध धार्मिक पर्व ल्हाबाब दुईछेन २०२३ काे समापन भएको छ। गुरु मैत्री संघ तीनधारेकाे आयाेजनामा तथा आबाैद्ध धार्मिक पर्व ल्हाबाब दुईछेन  २०२३ काे समापन आमन्त्रित खरसाङ निवासी धर्मगुर फुनछाेग पाखरिन अनि पद्ममा छ्याेलिङ्ग गाेम्पाका लामा प्रमुख बुम्बा डुम्जनकाे संयुक्त अगुवाईमा स्थानीय पद्ममा छ्याेलिङ्ग गाेम्पा मिठाईडाँडा तीनधारेमा समापन भएको छ। गत २ नभेम्बर बिहिबारदेखि सम्पन्न भएकाे तीन दिवसीय बाैद्ध धार्मिक पर्व ल्हाबाब दुईछेन २०२३ काे विधिवत धार्मिक अनुष्ठानकाे समापन भएकाे छ। समापन दिवसकाे बिहानी आमन्त्रित खरसाड निवासी श्रद्धेय टाशी टुल्कीलाकाे तीनधारे गाेन्पा परिसरमा आगमनपछि उहाँलाई  भव्य स्वागत जनाईयाे। बिहान विधिवत समापन पूजापछि दाेस्राे प्रहरकाे कार्यक्रम अनूरूप संघका प्रचार प्रसार सचिव रबीनराज तामङले भक्तजनमाझमा आमन्त्रित टाशी टुल्कुलाकाे सक्षिप्त परिचय राखेपछि टुल्कुलाले सारगर्भित दिव्य प्रवचन राखेसा थिए। यसमा उनले ल्हाबाब दुईछेनकाे मूल आशयलाई इंगित गर्दै तथागत बुद्धले मातृजन्म गुणकाे ऋण तिरेर विश्व ब्राह्माण्डलाई मातृजन्म गुणकाे ऋण तिर्न पर्ने महान सन्देश दिएको साझा गरेका थिए। अतएव बुद्धले दिएका साेही महान सन्देशलाई जति सकिन्छ तमाम माताहरूलाई हाँसाे खुशी, मानसिक शान्ति दिएर हामीले पनि बुद्धकाे उक्त महान सन्देशलाई व्यावाहारिकतामा उतार्ने प्रयास गरे हाम्राे जीवन सार्थक बन्ने बताउदै बाैद्ध धर्म सम्बन्धित मानव हितका विविध पक्षहरू राखेका थिए। गुरु मैत्री संघ अनि म्हाणीपा संघ तीनधारेकाे पक्षबाटआमन्त्रित  श्रद्धेय टाशी टुल्कुलालाई कुसुम मण्डल अनि आमन्त्रित धर्मगुरू फुनछाेग पाखरिन गाेन्पाका लामा प्रमुख बुम्बा डुम्जन एवम् लाेपेनला लामालालाई स्मृति चिन्ह भेट प्रदान गरियो। धन्यवादकाे क्रममा सचिव साङ्गे याेञ्जनले कु (मूर्ति) अनि छाेसेम पुनर्निर्माण नवीकरणमा सहयाेग गर्ने दाताहरूमा विशेष कृतज्ञता प्रकट गरे भने सदस्य गाेपाल पाखरिनले उक्त तीन दिवसीय ल्हाबाब दुईछेन पर्वकाे सफल आयाेजना हेतु सहयाेग पुर्याउने सम्पूर्ण भक्तजनमा समतुल्य रूपमा धन्यवाद दिएका छन्।
अन्तत: अपरान्हमा आमन्त्रित श्रद्धेय टाशी टुल्कुलाकाे बाहुलीबाट स्थानीय लगायत सिलगढी, कदमताला, सुकना राेहिणी, चुनभट्टी, काेप्चे गाउँ, नयाँ कमान, सिलिमहिल, तीनधारे कमान, घैयाबारी अनि खरसाङबाट सहभागी बन्न आएका भक्तजनलाई वाङ्ग अभिषेक प्रदान गरेकाे जानकारी प्रचार प्रसार सचिव रबीनराज तामङ (घिसिङ्ग)ले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement