पुलिसले समायो हतियार तस्करहरू

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले हतियार तस्करहरूसित सोधपुछमा एक बन्दूक कारखानाको खुलासा गरेको छ। एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसु अनुसार, आइतवार अबेर साझँ ठोस सूचनाको आधारमा दक्षिण २४ परगनाको बासन्ती थाना अन्तर्गत टिटकुमार बटला क्षेत्रमा तीन जनालाई हिरासतमा लिइयो। यिनीहरूको पहिचान इश्तिहार गायन (७२), हसनुर गायन (२९) र मोहम्मद रियाज खान (४५) को रूपमा गरिएको छ। तीनै आठ नम्बर टिटकुमार बटलाका बासिन्दा हुन्। यिनीहरूदेखि तीन सिंगल शटर बन्दूक जफत गरिएको छ।

यिनीहरूसित मेराथन सोधपुछपछि थाहा लाग्यो कि यी बन्दूकहरूलाई कतै नभएर इश्तेहारको घरमै बनाइएको थियो। तुरन्तै बारूइपुर जिल्ला पुलिस टीमले एसटीएफको टीमको साथ तालमेल बनायो र छापा मारेर बन्दूक बनाउनका लागि प्रयोगमा ल्याइने वेल्डिङ मशीन, ड्रिल मशीन, ग्राइन्डिङ मशीन, आयरनको रड र अन्य धेरै समान जफत गरेको छ। बासन्ती थानामा आर्म्स एक्टका धाराहरू अन्तर्गत मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement