खरसाङ: खरसाङ देवराली समष्टी अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतको चित्रेमा सार्वजनिक भवनको शिलान्यास गरिएको छ भने चित्रे क्षेत्रको बाटो मरमत्तिको लागि पूजा अर्चना गरी शिलान्यास गरिएको छ। चित्रेमा स्थानीयहरूका लागि सुविधाको लागि सार्वजनिक भवन निर्माणपछि क्षेत्रीय सभासद श्याम शेर्पाको बाहुलीबाट उदघाटन गरिएको छ। उक्त उदघाटन कार्यमा सभासद श्याम शेर्पा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा चिमनी देवराली ग्राम पञ्चायतको समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेश थापा नारी शक्ति समष्टी सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए।

उक्त सार्वजनिक भवनको उदघाटनपछि चित्रे क्षेत्रमा रहेको बाटोको मरमत्तिको लागि पूजा अर्चना गरेर शिलान्यास गरिएको छ। उक्त रोडको शिलान्यासमा मुख्य रूपमा क्षेत्रीय सभासद श्याम शेर्पाको उपस्थितिमा पञ्चायत सदस्य दिपेस थापाको बाहुलीबाट नरिवल फुटाएर शिलान्यास गरिएको छ। यस शिलान्यास कार्यक्रममा पनि सभासद श्याम शेर्पा लगायत विशिष्ट अतिथिहरूमा चिमनी देवराली ग्राम पञ्चायतको समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेश थापा, नारी शक्ति समष्टी सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री साथै अन्यहरू उपस्थित रहेका थिए।

२८ नम्बर खरसाङ देवराली समष्टीको चिमनी देवराली ग्राम पञ्चायतको चित्रेमा नयाँ सार्वजनिक भवनको उदघाटन र चित्रेमा नै रोड मरमत्तिको लागि गरिएको शिलान्यास विषयमा क्षेत्रीय सभासद श्याम शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै एकै चित्रेवासीको लागि नयाँ सार्वजनिक भवनको उदघाटन गरेपछि रोड मरमत्तिको लागि पनि पूजा अर्चना गरिएको छ। उनले चित्र क्षेत्रको मुख्य रोड मरमत्ति गरिनेछ भन्दै यस क्षेत्रमा रहेको रोडमा कल्भर्ट फत्किनु लागेको थियो तर सठीक समयमा मरमत्ति हुने भएको बताएका छन्। सभासद श्याम शेर्पाले चित्रे क्षेत्रको बाटोको मरमत्ति हु लागेको छ। अब यस रोडको मरमत्ति कार्यको रेखदेख गर्ने दायित्व गाउँवासी र निर्वाचित पञ्चायत समिति र पञ्चायत सदस्यहरूको रहेको बताएका छन्।