सिलगढ़ीः खोरीबाड़ी थाना पुलिसले बंगाल-बिहार सीमा क्षेत्रबाट ४३ पशुको साथ दुई तस्करलाई सोमवार पक्राउ गरेको छ। पक्रा परेको तस्करहरूको पहिचान बिहारको पूर्णिया जिल्लाको जहरूल हक (२८) र उत्तर दिनाजपुर जिल्लाको मोहम्मद सलीम (३०) को रूपमा गरिएको छ।
पुलिस सूत्रहरू अनुसार, नाका चेकिङमा आज बंगाल-बिहार सीमा केचेकरमारी क्षेत्रमा एक संदिग्ध ट्रकलाई रोकेर त्यसको तलाशी लिइयो र त्यसबाट ४३ पशु उद्धार भयो। पशुहरूसित सम्बन्धित कुनै वैध दस्तावेज देखाउन नसक्दा पुलिसले ट्रक चालक र सह चालकलाई पक्राउ गऱ्यो। पुलिसको प्रारम्भिक धारणा छ कि पशुहरूलाई तस्करीको उद्देश्यले बिहारदेखि बंगालको खोरीबाड़ी हुँदै बांग्लादेश लगिन्दैथियो। खोरीबाड़ी थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।