मालदा: रतुआ २ ब्लकको आडाईडंगा क्षेत्रमा रहेको गोबर्जना काली मन्दिरमा काली पूजाको तयारी तीव्र रूपमा सुरु भएको छ। काली पूजालाई लिएर पटकपटक प्रशासनिक बैठक बसेको छ। पुलिस ओसी गौतम चौधरीसहित अन्य पुलिस अधिकारीले काली मन्दिरको सबै पक्षको अनुगमन गरिरहेका छन्। यस काली मन्दिर क्षेत्रमा पहिले राजकुमारको बसोबास रहेको मन्दिरका सेवादार श्यामापद चौधरीले बताए। यो गोबर्जना काली पूजा करिब ३५० वर्ष पुरानो हो। अहिले चौधरी परिवारले पुरानो परम्परा अनुसार यो पूजा गर्दै आएका छन्।

पूजापछि बलिदान सुरु हुनेछ र कालीपूजाको भोलिपल्ट नजिकैको कालिन्दी नदीमा विसर्जन गरिने छ। यस पूजालाई मध्यनजर गर्दै पुलिसले कडा सुरक्षा व्यवस्था गरेको छ। ओसी गौतमले यो मन्दिरको दर्शन गरेका थिए। यस भ्रमणमा बीडीओ शेखर सेर्पा, सह बीडीओ कल्याण आशिष दास, जिला परिषद सार्वजनिक निर्माण विभागका कार्यकारी अध्यक्ष शमसुल हक, पञ्चायत समितिका पूर्व अध्यक्ष सुब्रत कर्माकर सहभागी थिए। पूजा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि विभिन्न बैठकहरू सम्पन्न भएका छन्।